२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कात्तिक २६ गतेदेखि विक्रीमा आएको माउण्टेन इनर्जी नेपालको आईपीओ भर्ने बुधवार अन्तिम दिन रहेको छ । छिटो अवधि मंसिर २ गतेसम्म विक्रीमा रहने भनिएपनि उक्त दिन सार्वजनिक विदा परेकाले एक दिन थप गरी मंसिर ३ गतेसम्मको अवधि कायम गरिएको हो ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।
त्यसैगरि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij