Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

४३ अंकले बढ्यो नेप्से, साढे ३ अर्बको मात्रै कारोबार

४३ अंकले बढ्यो नेप्से, साढे ३ अर्बको मात्रै कारोबार


  • 3.8K
    Shares

    ४३ अंकले बढ्यो नेप्से, साढे ३ अर्बको मात्रै कारोबार
    images

    यो साता सेयर बजार उतारचढावमा रह्यो। कारोबारको पहिलो दिन आइतबार सेयर बजार ६० अंकले उकालो लाग्यो। त्यसपछि सोमबार र मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भयो। सोमबार ३२ अंकले बढेको बजार मंगलबार ६३ अंकले उकालो लाग्यो। बुधबार भने दोहोरो अंकको गिरावट आयो।

    आइतबार २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा सेयर कारोबार भयो । यस्तै, सोमबार २३० कम्पनीको ८२ हजार ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा कारोबार भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक वृद्धि भएको थियो। त्यसपछि मंगलबार ४ अर्ब ३२ करोड बढीको सेयर कारोबार भयो।

    तीनदिन लगातार बढेको नेप्से परिसूचकमा बुधबार फेरि दोहोरो अंकले गिरावट आयो। सो दिन सूचक ३० अंक बढीले ओरालो लागेर २६ सय ४९.२० विन्दुमा पुगेर बन्द भयो। यसदिन ४ अर्ब ५२ करोड बढीको सेयर कारोबार भयो। नेप्से घटेसँगै एउटा मात्रै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। मध्य भोटेकोशी जलविधुत‍्को सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो ।त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर र तेह्रथुम पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

    अघिल्लो कारोबार दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ४३.२९ अंकले बढेर २६ सय ९२.४७ विन्दुमा बन्द भएको छ।

    यसदिन २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको ३.४८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत समूहको सूचक २.४८ प्रतिशतले बढेको हो।

    दुई समूहको सूचक भने ओरालो लागेको छ। व्यापारको ०.६८ र उत्पादन समूहको सूचक ०.०८ प्रतिशतले घटेको हो। नेप्से घटेपनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    यस दिन नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यसदिन अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो।

    सो कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यसैगरी,एनआइसी एसिया बैंक र नेसनल माइक्रोफाइनान्सको १० करोडभन्दा बढीको सेयर कारोबार भयो।

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १६:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij