२०८२ मंसिर १३ गते शनिवार
आज साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ । कम्पनीको सर्वाधिक ४ लाख ५७ हजार भन्दा बढी शेयर खरीद माग रहेको हो ।
कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो । सो अवधिमा कम्पनीको ४ लाख ५७ हजार १०६ कित्ता शेयर खरीद माग रहेको छ ।
खरीद माग बढी भएसँगै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९.९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३५.६० मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij