Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालभर थपिए ५२२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

नेपालभर थपिए ५२२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु


  • 6.4K
    Shares

    नेपालभर थपिए ५२२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५७८ संक्रमित निको भएका छन् । 

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । 

    मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिएको छ । 

    पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ । 
     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १६:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij