Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

झापामा सिलिण्डर पड्किएर एक महिलाको मृत्यु, १२ जना घाइते

झापामा सिलिण्डर पड्किएर एक महिलाको मृत्यु, १२ जना घाइते


  • 3.2K
    Shares

    झापामा सिलिण्डर पड्किएर एक महिलाको मृत्यु, १२ जना घाइते
    images

    झापा । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

     मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। गम्भीर घाइते भएकी शारदाको उपचारका लागि धुलाबारी पु¥याउना साथ मृत्यु भएको थियो ।

     सिलिण्डर पड्किँदा आगो निभाउन गएका सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशङ्कर न्यौपाने, ३६ वर्षीया निर्मल शर्मा, मेचीनगर–८ का ३४ वर्षीय हरि र आठ वर्षीया सुशीला अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । 

    केशवको टिनको छानो, चित्राको बेरा भएको एक तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएको र घरमा कोही नभएको अवस्थामा राति ९ः२० बजे आगो लागेको जनाइएको छ । आगलागी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति १०ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । 

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - ११:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij