Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

अष्ट्रेलियाले रद्द गर्‍यो जोकोभिचको भिसा

अष्ट्रेलियाले रद्द गर्‍यो जोकोभिचको भिसा


  • 3.6K
    Shares

    अष्ट्रेलियाले रद्द गर्‍यो जोकोभिचको भिसा
    images

    काठमाडौं । नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको दशौँ उपाधिका लागि प्रतिस्पर्धा गर्ने सम्भावना यस वर्षका लागि धुमिल बनेको छ । जोकोभिचले कोभिड–१९ संक्रमणसम्बन्धी मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाले प्रवेशमा रोक लगाएको छ । उनको भिसा रद्द गरिएको छ ।

    विश्व नम्बर एक जोकोभिचले मंगलबार सामाजिक सञ्जालमा आफूलाई विशेष छुट दिइएको बताएका थिए । जोकोभिचले भिक्टोरिया राज्य सरकारबाट आफूलाई विशेष छुट दिएको बताएका थिए । त्यसपछि कोभिड–१९ संक्रमणविरुद्धको खोप लगाउनुपर्ने कडा नियमका बाबजुद जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने अनुमान गरिएको थियो ।

    तर, अष्ट्रेलियाका सीमा अधिकारीले जोकोभिचलाई प्रवेश दिन अस्वीकार गरे । अष्ट्रेलियाका सीमा बलका अधिकारीले विज्ञप्ति जारी गर्दै जोकोभिचले अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियम पूरा नगरेको जनाएको छ ।

    ‘‘हाम्रो नियम स्पष्ट छ,’’ प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘‘स्वास्थ्य मापदण्ड पूरा गर्नु अत्यन्तै जरुरी छ । उनले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । नियमको पूर्ण पालना गर्नुपर्छ ।’’

    स्वास्थ्यमन्त्री ग्रेग हन्टले स्वास्थ्य मापदण्डको स्थिति हेरेर भिसा रद्द गरिने बताएका छन् । उनले जोकोभिच निर्णयविरुद्ध अपिल गर्न स्वतन्त्र रहेको बताएका छन् । तर, मन्त्री हन्टले भिसा रद्द भएपछि जो कोहीले पनि देश छाड्नुपर्ने बताएका छन् ।

    अष्ट्रेलियन ओपनका आयोजकले पनि जोकोभिचका लागि प्रतियोगितामा सहभागी हुन कुनै विशेष व्यवस्था नगरिएको दाबी गरेको छ । अष्ट्रेलियन ओपन यही जनवरी १७ तारिखबाट मेलबर्नमा सुरु हुँदै छ ।

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १०:५०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij