२०८२ मंसिर १३ गते शनिवार
निरन्तर चार दिन देखि बढिरहेको शेयर बजार साताको चौथो कारोबारको दिन (बुधबार) दोहोरो अंकले घटेको छ ।
४ दिनमा १६१ अंक बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५.७७ अंकले घटेर २६४९.२० विन्दुमा पुगेको छ । नेप्से १.१५ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८२ रूपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये आज जलबिद्युत र फाइनान्स उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको शेयर घटेको छ ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनी १८ करोड ७२ लाख ६२ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज मध्य भोटिकोशि जलबिद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज शेयर मूल्य बढ्ने अधिकांश कम्पनीहरु पनि जलबिद्युत क्षेत्रका रहेका छन् ।
त्यस्तै फस्टमाइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ४.२९ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ४.१५ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको ३.९५ प्रतिशत, नेरुडे लघुवित्तको ३.९५ प्रतिशत र सर्पाट माइक्रोफाइनान्सको ३.७३ प्रतिशत अकंले घटेको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij