२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं। काठमाडौंको दरबारमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा ३ जना घाइते भएका छन्। गएराति ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जना घाइते भएका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा६५प ६७११ नम्बरको तीन जना सवार मोटरसाइकल राति साढे २ बजे दुर्घटनामा परेको हो। अनियन्त्रित भएर सडक किनारको पर्खालमा मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय सुजन बस्नेत, मोटरसाइकलमा पछाडी सवार २१ वर्षीय सरोज खाती र दोलखाकी २५ वर्षीय बविता बस्नेत घाइते भएका छन्। उनीहरू महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij