Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आज हिमपात र वर्षा हुने, कहाँ-कहाँ हुँदैछ ?

आज हिमपात र वर्षा हुने, कहाँ-कहाँ हुँदैछ ?


  • 3.8K
    Shares

    आज हिमपात र वर्षा हुने, कहाँ-कहाँ हुँदैछ  ?
    images

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली  रहेको छ। 

    महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । साथै ती प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

     आज राति देशभर सामान्य बदली  रहने छ ।सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । 

    यी प्रदेशका केही स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले  जानकारी दिएको छ । महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न भागमा हिमपात र वर्षा हुने सम्भावना छ । 

    हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले सतर्क रहन र चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ । 

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १०:४२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij