Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

मेसुसहित ९ कर्मचारीलाई कोरोना देखिएपछि अस्पताल बन्द

मेसुसहित ९ कर्मचारीलाई कोरोना देखिएपछि अस्पताल बन्द


  • 3.2K
    Shares

    मेसुसहित ९ कर्मचारीलाई कोरोना देखिएपछि अस्पताल बन्द
    images

    पाल्पा । अस्पतालमा कर्मचारीलाई कोरोना संक्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । जिल्ला अस्पताल पाल्पामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । 

    १० जनाका पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । पाण्डेयका अनुसार सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा बन्द गरिएको छ ।

    अस्पतालका निमित्त मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उहाँहरु सबैजनामा आइसोलेसनमा हुनुहुन्छ ।

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १०:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij