Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शिक्षक बढुवाको विज्ञापन माघको दोस्रो हप्ताभित्र गर्ने आयोगको तयारी

शिक्षक बढुवाको विज्ञापन माघको दोस्रो हप्ताभित्र गर्ने आयोगको तयारी


  • 5.8K
    Shares

    शिक्षक बढुवाको विज्ञापन माघको दोस्रो हप्ताभित्र गर्ने आयोगको  तयारी
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको विज्ञापन मागको दोस्रो हप्ताभित्र गर्नेगरी तयारी थालेको जनाएको छ । शिक्षक सेवा आयोगको नियमावली ११ औं संशोधन भएर राजपत्रमा सूचना प्रकाशित आएको भन्दै बढुवाको बाटो खुलेका कारण मागको दोस्रो हप्ताभित्र विज्ञापन गर्ने तयारी थालेको हो ।

    आयोगले यस भन्दा अगाडि माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहको खुला विज्ञान गरिसकेको छ । आयोगका अनुसार पहिलो पटक म्यानुअल नभई अनलाईनबाटै फाराम भर्ने व्यावस्था गरिएको र दरखास्त दिनेको निकै ठुलो चाप भएका कारण बढुवाको विज्ञापन आजभोलिनै गर्न नसकिएको जनाएको छ ।

    सरभरमा कुनै समस्या नआओस, आवेदकलाई कुनै समस्या नहोस भनेर माविको दरखास्त दिने अन्तिम म्याद सकिए पछि मात्र बढुवाको विज्ञापन गर्नेगरी तयारी थालिएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले बताए । उनले भने “हामी मागको दोस्रो हप्ताभित्र बढुवाको विज्ञापन गर्ने तयारिमा छौं ।”

    तर आइटी कम्पनिसँग अहिले पनि छलफल भइरहेको र सरभर व्यावस्थापनमा समस्या नआउने जानकारी भयो भने तत्कालै पनि बिज्ञापन गर्न सकिने उनले बताए । नत्र माविको दरखास्त दिने अन्तिम म्याद सकिए पछि मात्र बढुवाको विज्ञापन गरिने उनले जानकारी दिए । यसभन्दा अगाडी आयोगले गरेको माध्यामिक तहको खुला विज्ञापनको फाराम भर्ने अन्तिम म्याद नियमित शुल्कमा पुस २९ गतेसम्म र बिलम्ब शुल्क तिरेर माग ६ गतेसम्म रहेको छ ।

    अहिले सम्म शिक्षा तथा मानवस्रोत विकास केन्द्रैले २०७८ चैत्र मसान्तसम्मको तिनै तहको रिक्त दरबन्दीकको विवरण आयोगलाई दिए अनुसार मावि तह प्रथम श्रेणीमा १२६ जना, द्धितीय श्रेणीमा ५४४ जना, निम्न माध्यामिक प्रथममा ८९ जना, द्धितीयमा ४७४ जना र प्राथमिक तहको प्रथममा ४६४ जना, द्धितीय श्रेणीमा १६९६ गरी जम्मा ३,३९० जनाको विज्ञापनका लागि विवरण पठाएको छ । तर यो नै अन्तिम नभई केन्द्रले विज्ञापन हुने समयसम्म पनि यो संख्यालाई फेरबदल गर्न सक्छ ।

    यसरी बढुवाको विज्ञापन गर्दा ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तिरीक प्रतियोगात्मक परीक्षा गर्ने गरी आयोगले काम अगाडी बढाएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार यस सवालमा यस भन्दा अगाडी नियमावलीको १० औं संशोधन हुँदा खुला र बढुवा प्रतियोगिता समान हुनेछ भनेर उल्लेख गरिएकोमा अब ११ औं संशोधनले त्यसलाई छुट्टाछुट्टै गर्ने व्यावस्था गरेको बताए ।

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १०:१६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij