काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३२९ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण भएकामध्ये ३९३ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ५ हजार ९४ जना छन् ।
यसैबीच २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दैनिक ५ लाख जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
