Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भायानेटलाई पछि पार्दै क्लासिक टेक अगाडि, एक वर्षमा थप्यो ७२ हजार ग्राहक

भायानेटलाई पछि पार्दै क्लासिक टेक अगाडि, एक वर्षमा थप्यो ७२ हजार ग्राहक


  • 5.0K
    Shares

    भायानेटलाई पछि पार्दै क्लासिक टेक अगाडि, एक वर्षमा थप्यो ७२ हजार ग्राहक
    images

    काठमाडौं । मुलुकमा इन्टरनेट सेवा प्रदायकबीच चर्को प्रतिस्पर्धा छ । सञ्चालनमा रहेका केही ठूला सेवा प्रदायक आफ्ना ग्राहक जोगाउँदै नयाँ तान्न प्रतिस्पर्धा गरिहेका छन् भने नयाँ थपिने इन्टरनेट कम्पनीको संख्या वृद्धि भइरहेको छ ।

    ग्राहक संख्याको हिसाबले हेर्ने हो भने मुलुकका पाँच ठूलो इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलि‌क , नेपाल टेलिकम, सुविसु, क्लासिक टेक र भायानेट छन् ।

    यी पाँच कम्पनीमध्ये सधै पाँचौ नम्बरमा पर्ने क्लासिक टेकले भने पछिल्लो समयमा ग्राहक संख्या तीव्ररुपमा वृद्धि गरेको छ । उसले भायानेटलाई पछि पार्दै चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार क्लासिक टेकका ग्राहक संख्या १ लाख ८८ हजार ३ सय ३ पुगेका छन् । यो संख्या भायानेटको भन्दा धेरै हुन् । भायानेटका ग्राहक १ लाख ५५ हजार ७ सय ६९ रहेका छन् ।

    एक वर्षअघिसम्म भायानेट क्लासिक टेकभन्दा अघि थियो । २०७७ कात्तिकको रिपोर्टअनुसार भायानेटका ग्राहक १ लाख २३ हजार ७ सय १२ थिए भने क्लासिक टेकका ग्राहक १ लाख १५ हजार ८ सय ७६ थिए । क्लासिक टेकले एक वर्षको अवधिमा ७२ हजार ग्राहक थप्न सफल भएको छ भने भायानेटले ३२ हजार ग्राहक थपेको छ ।

    एक वर्षमा ७२ हजार ग्राहक थपेसँगै क्लासिक टेमक चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ भने भायानेट पाँचौं स्थानमा झरेको छ । ग्राहकका हिसाबले पहिलो स्थानमा छ वल्र्डलिंक । २०७८ कात्तिकसम्म उसका ग्राहक ५ लाख ५० हजार ५ सय ७९ छन् ।

    दोस्रो स्थानमा रहेको नेपाल टेलिकमका ग्राहक ३ लाख ८ हजार ७ सउ ९१ छन् भने तेस्रो स्थानमा रहेको सुविसुका ग्राहक २ लाख ४३ हजार ७ सय ३३ छन् ।

    Capture.png

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १४:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij