२०८२ मंसिर १३ गते शनिवार
साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको सवा तीन घण्टाको अवधीमा मध्यभोटेकोशी सहित ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।
आज सबैभन्दा बढी मध्य भोटेकोशीको ६ लाख २४ हजार ३८३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।यस्तै, सोही अवधीसम्म एनएमबि ५० को ४ लाख ३३ हजार ५५० कित्ता शेयर खरिदमाग भएको छ ।
एनआईसी एसिया ब्यालेन्स फण्डको ३ लाख ८८ हजार ३७५ कित्ता, अपि पावर कम्पनीको ३ लाख ३३ हजार १८५ कित्ता र एनआईबिएल समृद्धि फण्ड १ को २ लाख ८६ हजार ३०० कित्ता शेयर खरिदमाग भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij