Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, चार जना घाइते

कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, चार जना घाइते


  • 3.0K
    Shares

    कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, चार जना घाइते
    images

    काठमाडौं । कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर मंगलबार बिहान  दुर्घटना भएको थियो।

    बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

    यसैगरी, दुर्घटनामा परी बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

    तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १२:५२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij