२०८२ माघ ७ गते बुधवार
वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक सातामा १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को पुस १० गतेदेखि पुस १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो।
योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि एक साताको अवधिमा ११ अर्ब रुपैयाँले बढेको छ। गत पुस ९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij