भारत । भारतको दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरिविन्द केजरीवाललाई कोरोना संक्रमण देखिएको छ। केजरीवालले आफूलाई कोराना संक्रमण देखिएको जानकारी आफ्नो फेसबुक, ट्विटरमार्फत दिएका छन्।
आफूलाई समान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको केजरीवालले जानकारी दिएका छन्। आफूसँग केहीदिन देखि सम्पर्कमा रहेकालाई आइसोलेट भएर बस्न र परीक्षण गर्न उनले आग्रह गरेका छन्।
केजरीवाल आइतबार मात्रै उत्तराखण्डको चुनावी प्रचार कार्यक्रममा देखिएका थिए। आइतबार देहरादुनको चुनावी जुलुस तथा सभामा सहभागी भएको भिडियो उनी आफैँले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
