आजबाट नेपालका कोभिड–१९ विरुद्धको तेस्रो डोज अर्थात अतिरिक्त डोज खोप दिइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट संक्रमणको अति जोखिममा रहेका समूहलाई अतिरिक्त डोज खाप दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
तोकिएको समूहका व्यक्तिले अहिले खोप लगाइरहेका केन्द्रबाटै तेस्रो डोज खोप पाउने अधिकारीले बताए। उनीहरुले यसअघि जुन खोप लगाएको सोही खोपको थप मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ । दोस्रो डोज खोप लगाएको कम्तिमा ३ महिना कटेको हुनुपर्नेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा तोकेको लक्षित समूह निम्नअनुसार छन् ।
- मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु
- सक्रिय क्यान्सर बिरामीहरु
- अंग प्रत्यारोपण गरेका बिरामीहरु
- एचआइभी भएका बिरामीहरु
- उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका बिरामीहरु
-भेरोसेल वा सिनोफार्म लगाएर ६० वर्ष र सो भन्दामाथि उमेरका व्यक्तिहरु ।
