Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यस वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी, गत वर्षकै प्रश्नपत्र प्रयोग गर्ने बारे छलफल

यस वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी, गत वर्षकै प्रश्नपत्र प्रयोग गर्ने बारे छलफल


  • 5.0K
    Shares

    यस वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी, गत वर्षकै प्रश्नपत्र प्रयोग गर्ने बारे छलफल
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लाग्नुभएको छ ।

    ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।

    ‘यो विषय लगातार तेस्रोपटक उठिसकेको छ, ऐनमा प्रस्ट उल्लेख भएको विषयलाई यो वा त्यो निकायले गर्ने भन्ने विषयमा निर्णय गर्ने मिल्दैन, यो वर्ष पनि केन्द्रले नै परीक्षा लिनेछ’ –एक सदस्यको भनाइ थियो । ‘संघीय शिक्षा ऐन ल्याएर प्रदेशलाई अधिकार दिए भइहाल्छ नि’, ऐनमै नभएको विषयमा विवाद गर्नु उचित नभएको भन्दै एक सदस्यले भने– ‘केन्द्रबाटै परीक्षा लिनेबाहेक अन्य निर्णय गर्नु हुँदैन ।’

    बोर्डको बैठकले परीक्षाको मिति मोडालिटीबारे अब बस्ने बैठकले निर्णय गर्नेछ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले एसईई परीक्षाको बारेमा सरकारले ठोस निर्णय नभएको तर यो वर्ष केन्द्रबाटै लिने तयारी थालिएको बताउनुभयो । ढिलो गरी शैक्षिकसत्र शुरू भएको कारण यो वर्षको एसईई परीक्षा वैशाखमा गर्ने विषयमा छलफल अघि बढाएको छ । विशेष गरी सामुदायिक विद्यालयले ढिलो गरी पठन पाठन शुरू भएकाले एसईई परीक्षा ढिलो गर्न सुझाव दिएको थियो । त्यही सुझावको आधारमा बोर्डले वैशाखामा गर्ने तयारी अघि बढाएको हो ।

    सदस्य सचिव अर्यालले ढिलो गरी शैक्षिकसत्र शुरू भएकाले वैशाखमा परीक्षा गर्ने विषयमा लगभग सहमत भएको उल्लेख गर्नुभयो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो ।

    मन्त्रालयले गत वर्ष शिक्षा नियमावली संशोधन गरी कोभिड–१९ संक्रमणको जोखिम नघटेका कारण जनाउँदै आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय गरेको थियो । यो वर्षको परीक्षामा गत वर्षकै प्रश्नपत्र प्रयोग गर्ने विषयमा छलफल भएको थियो । बोर्डले करिब २ करोड रुपियाँ खर्च गरी प्रश्नपत्र छपाइ गरेको थियो । गत वर्ष परीक्षा हुने तयारी गरिरहेकै अवस्थामा बोर्डले अधिकांश परीक्षा केन्द्रमा उत्तरपुस्तिका ढुवानी गरिसकेको थियो ।

    बोर्ड स्रोतका अनुसार गत वर्षकै प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा रहेकाले त्यसैलाई प्रयोग गर्ने विषयमा समेत छलफल भएको थियो । तर, प्रश्नपत्रमा गत वर्ष उल्लेख भएका कारण प्राविधिक समस्या देखिएको छ । कानुनी जटिलता आए समाधान गरी गत वर्षकै प्रश्नपत्र प्रयोग गरी परीक्षा लिन सकिने विषयमा बोर्ड तयारी देखिएको छ ।

    यो वर्षको परीक्षाका कोर्र्स परिवर्तन नभएकाले गत वर्षकै प्रश्नपत्र प्रयोग गर्न सकिनेछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सुरक्षा घेराभित्र राखिएको छ । नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले खबर लेखेका छन्

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १०:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij