Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अम्बरको 'म त तिम्रै हूँ'मा सन्नी र कुसुमको रोमान्स ( भिडियोसहित ) 

अम्बरको 'म त तिम्रै हूँ'मा सन्नी र कुसुमको रोमान्स ( भिडियोसहित ) 


  • 8.2K
    Shares

    अम्बरको 'म त तिम्रै हूँ'मा सन्नी र कुसुमको रोमान्स ( भिडियोसहित ) 
    काठमाण्डौ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका संगीतकार अम्बर तुम्बापो सुब्बाले नयाँ वर्षको कोसेली स्वरूप सांगीतिक सौगात 'म त तिम्रै हूँ' सार्वजनिक गरेका छन्।

    युवा प्रेम र आकर्षणको भाव बोकेको यस गीतलाई अमेरिकामा नै रहेकी गीतकार रिमा श्रेष्ठले लेखेकी हुन्। युगल गायनमा रहेको यस गीतमा  नेपाल आइडल बाट परिचित गायिका मेघा श्रेष्ठ र गायक  केभिन ग्लान तामाङको स्वर सुन्न सकिन्छ।

    भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ फिचर्ड छन्।  दिपक राज सुनारले छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।  विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो।  कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल 'अम्बर तुम्बापो सुब्बा अफिसिएल'  मार्फत सार्वजनिक गरिएको हो।  

    लामो समयदेखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बा भुटानी नेपाली समुदायमाझ अब्बल संगीतकारका रुपमा चिनिन्छन्। उनको संगीतमा उदय सोताङ, सत्य स्वरुपराज आचार्य, राजेश पायल राई, शिव परियार, सन्तोष लामा, कर्म ग्याल्छेन बम्जन, मेलिना राई किरण गजमेर, लगायतका गायक गायिकले स्वर भरेका छन्। उनका  जलेर मुटु, हिँड्दा हिँड्दै, सानीमा सानी, बिर्सी दिन्छु, डोको नाम्लो, मोहनीमन्तरजस्ता आधुनिक गीत लोकप्रिय छन्।

    भिडियो लिंक: https://youtu.be/zc2aZgWFrDA
     

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १६:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij