Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भर्चुअल शैक्षिक मेलाको चौँथो संस्करण आजदेखि सुरु भई १५ दिन चल्ने

भर्चुअल शैक्षिक मेलाको चौँथो संस्करण आजदेखि सुरु भई १५ दिन चल्ने


  • 3.4K
    Shares

    भर्चुअल शैक्षिक मेलाको चौँथो संस्करण आजदेखि सुरु भई १५ दिन चल्ने
    images

    काठमाडौं । कोभिड-१९ महामारीको विचमा विद्यार्थीहरुलाई पाँच करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउने उदेश्यले नेपालकै सबैभन्दा ठुलो भर्चुअल शैक्षिक मेलाको चौँथो संस्करण आजदेखि सुरु हुने भएको छ ।

    पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्याल र रजिस्ट्रार डा. दिपकबहादुर भण्डारीबाट उदघाटन हुने “भर्चुअल एडुफेयर २०२२” पुस १९ गतेदेखि माग ४ गतेसम्म गरी १५ दिन चल्ने छ ।

    कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी उच्च शिक्षाका लागि सहि परामर्श दिइने भर्चुअल शैक्षिक मेलाको उदेश्य रहेको मेलाका संयोजक रामहरि सिलवालले बताए । मेलामा स्वदेशी विश्वविद्यालय तथा कलेजका बारेमा जानकारी दिइने, विद्यार्थीहरुसँग भर्चुल अन्तरक्रिया गरीने र विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरी उच्च शिक्षा र करीयरका बारेमा जानकारी दिइने, अनलाइन छात्रवृत्ति वितरण गरीने जस्ता कार्यक्रम रहेको सिलवालले बताए ।

    कोभिड-१९ महामारीका कारण विद्यार्थीहरु उच्च शिक्षाका लागि भौतिक रुपमा उपस्थित भएर कलेज भ्रमण गर्न सहज वातावरण नभएको र नेपालको जुनसुकै ठाउँबाट पनि अनलाइन मार्फत आफुलाई जान्न चाहेको विश्वविद्यालय र कलेजका बारेमा घरमै बसेर जानकारी लिन सहज हुने भएकाले मेलाले विद्यार्थी र कलेजहरुको विचमा सम्बन्ध सेतुको काम गर्ने अपेक्षा गरीएको जनाइएको छ ।

    नेपाल भरबाट करीब एक सय भन्दा बढी कलेजहरुको सहभागि रहेको भर्चुअल शैक्षिक मेलामा विद्यार्थीहरुले विश्वविद्यालयको पाठ्यक्रम, इञ्जिनियरीङ्ग, व्यावस्थापन,साइन्स, आइटी तथा विभिन्न विषयको जानकारी, अध्ययन गर्दा लाग्ने शुल्क, अध्ययन पश्चात रोजगारको अवसर, कलेजमा अध्ययन गराउने शिक्षक, पुस्तकालय, ल्याव,सेमिनार हल,भवन र कलेजहरु विच तुलना गरी अनलाइन बाटै भर्ना गर्न पाउने छन् ।

    कलेज रिडर्स म्यागजिनले आयोजना गरेको मेलामा अफियल मिडियामा खबर एजुकेशन रहेको छ । त्यसैगरी हिसान, ओपेन र ऐकोन सहकार्य रहेको छ भने विभिन्न कलेजहरुको सहयोग रहेको छ ।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १०:३१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij