Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्ता छन् केटीलाई प्रभाव पार्ने केटाका ७ बानी

यस्ता छन् केटीलाई प्रभाव पार्ने केटाका ७ बानी


  • 11.5K
    Shares

    यस्ता छन्  केटीलाई प्रभाव पार्ने केटाका ७ बानी

    हरेक युवती चाहन्छन् आफ्नो जीवनसाथीमा स्पेशल गुण होस् । उसको हरेक ब्यवहार अरुभन्दा विशेष होस् । हुनत केहि केटाहरुमा यस्तो स्पेशल बानी हुने गर्दछ । जसलाई केटीहरुले साह्रै मन पराउँछन् ।

    आमअवस्थामा केटाहरु केटीलाई आफूप्रति आकर्षित र प्रभावित बनाउन कुनै कसर बाँकी राख्दैनन् । तर केटाहरुमा हुने केहि बानीले भने केटीलाई बिना मेहनत सजिलै प्रभावित पार्दछ । के के हुन् केटीलाई इम्प्रेश पार्ने केटाका बानिहरु ?

    १) ईमान्दारिता 

    हरेक केटी मानिसको चाहाना हुन्छ, उनको प्रेमी वा जीवनसाथी आफु प्रति ईमान्दारहोस् । आफु बाहेक अरु कोहिसंग नजिस्कियोस् वा अरुप्रति आर्कषित नहोस् । उनीहरुलाई इम्प्रेश गर्न मात्र कोहि केटा ईमान्दार छ भने उसको यो मात्र काफी हुन्छ ।

    २) आदर गर्ने

    केटीहरुलाई ती केटा साह्रै मन पर्दछ । जसमा सबै ब्यक्तिको सम्मान र आदर गर्ने बानी हुन्छ । केटीहरु यस्ता स्वभाव भएका केटासँग मित्रतागर्न र जीवन शैली बनाउन खोज्दछन् । किनकी उनीहरुलाई थाहा छ, सबैको सम्मान र आदर गर्ने ब्यक्तिबाट कहिल्यै गलत ब्यवहार हुदैँन ।

    ३) राम्रो ब्यवहार

    केटीहरुलाई ती केटा अत्यन्त मन पर्दछ । जसमा राम्रो ब्यवहार गर्ने बानी हुन्छ । विनम्र स्वभावका केटासँग मित्रता गाँस्न केटीहरु लालायित हुन्छन् । यतिमात्र होइन राम्रो ब्यवहार गर्ने ब्यक्तिलाई सबैले रुचाउँछन् तर नराम्रो ब्यवहार गर्नेबाट पुरा विश्व भाग्ने गर्दछ ।

    ४) ख्याल राख्ने बानी

    केटी मान्छेको मन अत्यन्त कोमल हुन्छ । यस्तोमा उनीहरुको ख्यालमात्र राखिदिने स्वभावको मानिस भेटे यस्तालाई उनीहरु खुबै मन पराउँछन् । जसले उनीहरुको केयर गर्दछ । केटीलाई ती ब्यक्ति जीवनसाथीका रुपमा पाउने चाहाना हुन्छ ।

    ५) साथ दिने

    कतिपय अवस्थामा साना गल्ती वा कारणको सहारामा केहि केटाहरु केटीबाट टाढा हुने गर्दछन् । तर केटी मान्छे आफुलाई हर हमेशा जस्तोसुकै परिस्थितिमा साथदिने ब्यक्तिको खोजीमा हुन्छन् । कोहि केटामा यी बानी भेटेमा उनीहरु केटीको नजरमा आफै पर्ने गर्दछन् ।

    ६) निर्णय लिन सक्ने

    लगभग सबै केटी मानिसलाई कुनै पनि योजना बनाउने र त्यसमा निर्णय लिन सक्ने केटाको बानीले प्रभाव पार्दछ । भावानात्मक रुपमा कमजोर वा निर्णय लिन असक्षम केटालाई केटीहरुले मन पराउँदैनन् । तसर्थ आफुमा निर्णय लिने क्षमताको विकास गर्नुहोस् ।

    ७) आफ्नो कुरा सुन्ने

    केटी मानिसमा आफ्नो कुरा सुनाउने बानी स्वभावतः केटाभन्दा बढी हुन्छ । यस्तोमा कुनै केटा उनीहरुको कुरा बिना रोकटोक ध्यानपुर्वक सुनिदिन्छ भने यसले पनि केटी मानिसलाई प्रभावित पार्दछ । 

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - ११:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij