२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सात हजार ६३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो।
उक्त अवधिमा पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गरिएकोमा २१३ जनाको रिपोर्ट 'पोजिटिभ' आएको थियो। यस्तै एन्टिजेन विधिमार्फत् एक हजार ६६९ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या चार हजार ९७१ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij