Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने


  • 5.3K
    Shares

    • images
    लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने
    images

    देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको  तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा  प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए । 

    राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन  हुन लागेको उहाँको भनाइ थियो । निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् । 

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १५:५१:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij