Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्ने अनुमति दिन माग

विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्ने अनुमति दिन माग


  • 6.1K
    Shares

    विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्ने अनुमति दिन माग

    बैंक तथा वित्तीय संस्थाका संचालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । सीबीफीनले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् । 

    हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्करप्रतिनिधि कार्यालय खोल्नसक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाबाट प्रभावकारी रूपमा काम गर्न नसकिएको भन्दै शाखा नै खोल्न दिने व्यवस्था गर्न आग्रह गरेका हुन् । 

    सीबीफीनले गरेको अध्ययन प्रतिवेदनमा विशेष मापदण्ड बनाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गरिनु उपयुक्त हुने र यसबाट नेपाली बैंकहरूले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १४:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij