Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

वरिष्ठ साहित्यकार माधवप्रसाद भडारी निधन

वरिष्ठ साहित्यकार माधवप्रसाद भडारी निधन


  • 4.8K
    Shares

    वरिष्ठ साहित्यकार माधवप्रसाद भडारी निधन
    images

    वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उहाँको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक  स्रोतले जनाएकोे छ ।

    स्व. भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ (सहलेखन), ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनौ चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । 

     साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत हुनुभएको भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसक्नुभएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।  स्व भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेख्नुभएकाले उनका परिवारले समेत भडारी नै लेख्ने गरेका छन् । 

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १२:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij