२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २२ हजार कित्ता शेयर लिलमीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
बैंकले यस अघि उक्त शेयर खरिदका लागि विद्यामान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित भएकोमा सो अवधिमा कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने लागेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा आवेदन दिन सक्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij