२०८२ माघ १० गते शनिवार
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ। गत बुधबार ५.५१ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १३.७५ अंक बढेर २५३८.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि २.५५ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर कारोबार भएको छ। कारोकारमा आएकामध्ये १३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij