२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । आजबाट काठमाडौंका २ अस्पतालमा १२ वर्षदेखि माथि १७ वर्ष सम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै छ ।
वीर अस्पताल र छाउनीस्थित सैनिक अस्पतालमा आजबाट बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार यसअघि फाइजर खोपको पहिलो डोज लगाइका र दोस्रो डोज लगाउन बाँकीलाई दोस्रो डोज खोप दिन लागिएको हो।
यखोप बाँकी रहने अवस्था आएमा पहिलो डोज समेत लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । दुवै खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ३ बजेसम्म खोप लगाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं लगायतका ८ जिल्लामा १३ गतेबाट १२–१७ उमेरकालाई फाइजर खोप दिने भनिए पनि अझै सुरु हुन सकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij