Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

यी हुन् शून्य बेरुजु भएका एक दर्जन सरकारी कार्यालय

यी हुन् शून्य बेरुजु भएका एक दर्जन सरकारी कार्यालय


  • 5.0K
    Shares

    यी हुन् शून्य बेरुजु भएका एक दर्जन सरकारी कार्यालय
    images

    आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ । 

    महालेखा नियन्त्रक कार्यालयको वार्षिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्रपति, उपराष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी निकाय तथा आयोगको बेरुजु शून्य रहेको औंल्याएकाे छ । 

    महालेखाका अनुसार शून्य बेरुजु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, न्याय परिषद्, प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय दलित आयोग रहेका छन् । 

    यसैगरी मधेसी, थारु, मुस्लिम आयोगको पनि बेरुजु शून्य रहेको महालेखा नियन्त्रकको प्रतिवेदनमा उल्लेख छ । 

    महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सरकारको कुल बेरुजु ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा बढेर २५ अर्ब २६ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - १६:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij