Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शिक्षक सेवाले खुलाएको विज्ञापनप्रति अस्थायी र राहत शिक्षकले जनाए यस्तो असन्तुष्टि

शिक्षक सेवाले खुलाएको विज्ञापनप्रति अस्थायी र राहत शिक्षकले जनाए यस्तो असन्तुष्टि


  • 63.1K
    Shares

    शिक्षक सेवाले खुलाएको विज्ञापनप्रति अस्थायी र राहत शिक्षकले जनाए यस्तो असन्तुष्टि
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनप्रति लाई लिएर अस्थायी तथा राहत कोटामा कार्यरत शिक्षकले असन्तुष्टि जनाएका छन् ।

    शिक्षक सेवाले निकालेको विज्ञापनमा आफूहरुले आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राख्दै उनीहरु विभिन्न संगठनमार्फत् असन्तुष्टि जनाएका हुन् । 

    शिक्षा सेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद पार गरेका अस्थायी र करारमा कार्यरत शिक्षक समेटिन नसकेको उनीहरुले गुनासो छ।

    यो वर्ष सरकारले माध्यमिक तहका लागि १५ सय ४७ र निम्न माध्यमिक तहका लागि २५ सय ९८ शिक्षक माग गरेको छ । प्राथमिक तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन खुलाएको छ ।

    शिक्षा ऐन नवौँ संशोधन २०७४ मा शिक्षक सेवा आयोगले लिने प्रतिस्पर्धामा भाग लिन ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ ।

    शिक्षा ऐन २०२८ को नवौँ संशोधनमा एक पटकका लागि मात्रै उमेर हद नतोकी प्रतिस्पर्धामा भाग लिने व्यवस्था छ।

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - १४:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij