Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ओली सरकारविरुद्ध आन्दोलन : कालो झण्डा देखाउने र प्रधानमन्त्रीको पुत्ला जलाउने

ओली सरकारविरुद्ध आन्दोलन : कालो झण्डा देखाउने र प्रधानमन्त्रीको पुत्ला जलाउने


  • 7.2K
    Shares

    ओली सरकारविरुद्ध आन्दोलन : कालो झण्डा देखाउने र प्रधानमन्त्रीको पुत्ला जलाउने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    बागबजारमा आज प्रत्रकार सम्मेलन गरी अनेरस्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो ।

    अनेरस्ववियले आजैबाट सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ । ९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।

     

    akhil-andolan.jpg

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij