Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेप्सेमा सूचीकृत ६ बीमा कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ?

नेप्सेमा सूचीकृत ६ बीमा कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ?


  • 5.4K
    Shares

    नेप्सेमा सूचीकृत ६ बीमा कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ?
    images

    नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन्।

    हाल नेपालमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्। बीमा समितिबाट त्यसमध्ये ११ वटा जीवन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७६र७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृति पाएका छन्।

    रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले बीमांकिय प्रतिवेदन स्वीकृती पाएका हुन्।

    ती कम्पनीहरुले बीमितलाई दिने बोनस दर समेत सार्वजनिक गरिसकेका छन् भने नेप्सेमा सूचीकृत ६ वटा कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश समेत प्रस्ताव गरिसकेका छन्।

    समितिबाट वित्तीय विवरण स्वीकृत भएकामध्ये ६ वटा जीवन बीमा कम्पनीहरुले मात्रै अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन्।

    हालसम्म लाभांश प्रस्ताव गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल, प्राइम लाइफ, सूर्या लाइफ, एशियन लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफले मात्रै अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन्।

    सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ। एशियन लाइफले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    एशियनपछि एलआईसी नेपालले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

    यस्तै, प्राइम लाइफले १५ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १५.८७ प्रतिशत, सूर्या लाइफले १२ प्रतिशत बोनस शेयर र ज्योति लाइफले ५ प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद गरी १०.२५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

    सबैभन्दा कम भने रिलायन्स लाइफको रहेको छ। रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ।

    त्यस अनुसार अझै नेपाल लाइफ, नेशनल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले लाभांश प्रस्ताव गरेका छैनन्। त्यसमध्ये नेशनल लाइफ र प्रभु लाइफले वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गरासकेको समितिले जनाएको छ।

    यस्तै, नेपाल लाइफ पनि वित्तीय विवरण स्वीकृतिको लागि समिति पुगेको छ भने बाँकी कम्पनीहरुले अझै वित्तीय विवरण तयार पार्न सकेका छैनन्।

     

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - ११:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij