२०८२ माघ ८ गते बिहिवार
हालसालै सम्पन्न राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पराजित उम्मेदवार नेतृ एवं अभिनेत्री रेखा थापा वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् । उनले वि.सं २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने खुलासा गरेकी छिन् ।
न्यूज २४ टेलिभिजनको ‘ई–टल्क’ कार्यक्रममा बोल्दै लेडी सुपरस्टार थापाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी हुन् ।
अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् । त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् ।
आफ्नो हुनेवाला श्रीमान पनि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उनले अन्य अभिनेत्रीहरुले जस्तो तामझामसँग विवाह नगर्ने जानकारी दिदै भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ ।
मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’
त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री थापाले नेपाली कलाकारिता क्षेत्रमा कोही पनि महान नभएको उल्लेख गर्दै महानायक, महानायिकालगायतका उपाधि दिन हतार गरिएको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिइने ट्याग नसुहाउने उनको दाबी छ ।
भेट्रान निर्माता छविराज ओझासँग छुट्टिएपछि विगत एक दशकदेखि अभिनेत्री थापाले एकल जीवन विताउँदै आएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij