Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

वैज्ञानिक डा.राम एस उपाध्यायको दावी-ओमीक्रोनकै कारण अन्त्य हुन्छ कोरोना महामारी

वैज्ञानिक डा.राम एस उपाध्यायको दावी-ओमीक्रोनकै कारण अन्त्य हुन्छ कोरोना महामारी


  • 3.0K
    Shares

    वैज्ञानिक डा.राम एस उपाध्यायको दावी-ओमीक्रोनकै कारण अन्त्य हुन्छ कोरोना महामारी
    images

    अहिले विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएको छ । यही भेरियन्टका कारण महामारीको नयाँ लहर आउने चिन्ता संसारभर छाएको छ । ओमीक्रोन भेरियन्टबारे वास्तविक जानकारी बाहिर आउन बाँकी नै रहेपनि यो अघिल्ला भेरियन्टको तुलनामा धेरै संक्रामक रहेको पुष्टि विज्ञहरुले गरिसकेका छन् । 

    एक विज्ञले भने फरक धारणा अगाडि सारेका छन् । ओमीक्रोन भेरियन्टको आगमनले महामारी अन्त्य हुने संकेत देखिएको तर्क ब्रिटिस मेडिकल काउन्सिलमा काम गरिसकेका एक वैज्ञानिकले गरेका छन् । भारतीय मुलका वैज्ञानिक डा.राम एस उपाध्यायले यस्तो तर्क गरेका हुन् । 

    डा.उपाध्यायका अनुसार ओमीक्रोन डेल्टा भन्दा धेरै फरक छ । डेल्टाले सिधै फोक्सोमा पुगेर आफ्नो संख्या वृद्धि गर्छ । तर ओमीक्रोनले श्वास नलीमै रोकिएर आफ्नो संख्या वृद्धि गर्छ । फोक्सोमा प्रवेश गर्दा ओमीक्रोनको गति १० गुणा कम भइसक्छ। त्यसले फोक्सोलाई कम क्षति पुर्याउँछ । बिरामीलाई अक्सिजन सपोर्टको खासै आवश्यकता पर्दैन। 

    मान्छेको श्वास नलीमा मोकोसल प्रतिरक्षा प्रणाली(The mucosal immune system) हुन्छ । त्यो प्रतिरक्षा प्रणालीको केन्द्रको रुपमा हुन्छ । त्यहाँ एक प्रकारको इन्टिबडी बन्छ । यसलाई आइजीए(Immunoglobulin A) एन्टिबडी भनिन्छ। डा.उपाध्यायका अनुसार जब ओमीक्रोन श्वासनलीमा आएर आफ्नो संख्या वृद्धि गर्न लाग्छ, त्यतिखेर त्यसअगाडि नै बनिरहेको आइजीए एन्टिबडीले काम गर्न थाल्छ । आइजीए एन्टिबडीले ओमीक्रोनको प्रभावलाई निस्तेज पार्न सुरु गर्छ । यसपछि ओमीक्रोन फोक्सोमा प्रवेश गरी मान्छेलाई बिरामी बनाउन सक्ने शक्ति कम हुन्छ ।

    डेल्टाको तुलनामा ओमीक्रोनबाट मृत्यु हुनेदर निकै कम रहेको उनले बताएका छन् ।  

    डेल्टा भेरियन्ट सिधै फोक्सोमा प्रवेश गरेर संख्या वृद्धि गर्ने भएकाले गम्भीर बिरामी बनाउने क्षमता धेरै थियो । 

    ओमीक्रोनले व्यक्तिलाई गम्भीर बिरामी बनाउन मौका कम पाउने देखिएको उनको दावी छ । पहिल्यै गम्भीर बिरामी भएकालाई ओमीक्रोन पनि जोखिम हुनसक्ने डा.पाण्डेले बताएका छन् । 

    डेल्टाको ठाउँ तीब्र गतिमा ओमीक्रोनले लिइरहेकाले आत्तिनु पर्ने अवस्था नरहेको डा.उपाध्यायको भनाइ छ । ओमीक्रोन संक्रमित भएपछि मान्छेको शरीरमा यसविरुद्ध प्राकृतिक एन्टिबडी विकास हुँदै जान्छ। जति धेरैमा यो फैलियो त्यति धेरैमा सविरुद्ध प्राकृतिक एन्टिबडी बन्छ । यो इन्टिबडी खोप लगाएर बन्ने एन्टिबडी भन्दा ज्यादा समय शरीरमा रहने दावी पनि उनले गरेका छन् । 

    डेल्टा विस्थापित भएर संसारभर ओमीक्रोनले ठाउँ लिँदा त्यसविरुद्ध अधिकांशमा प्राकृतिक एन्टिबडी बन्ने र कोरोना महामारीको अन्त्य हुने विश्वास डा.उपाध्यायले व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij