Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

रिलायन्स फाइनान्सले पुस ३० गते बोलायो एजीएम, के–के छन् प्रस्ताव ?

रिलायन्स फाइनान्सले पुस ३० गते बोलायो एजीएम, के–के छन् प्रस्ताव ?


  • 6.1K
    Shares

    रिलायन्स फाइनान्सले पुस ३० गते बोलायो एजीएम, के–के छन् प्रस्ताव ?
    images
    रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
     
    यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । प्रस्तावित बोनस सेयरपछि कायम हुने पुँजी अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । 
     
    सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित हुनेछ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
     
    सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।  पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij