Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अब विदेश घुम्न जान वर्षमा दुई पटक मात्रै डलर साट्न पाइने

अब विदेश घुम्न जान वर्षमा दुई पटक मात्रै डलर साट्न पाइने


  • 5.2K
    Shares

    अब विदेश घुम्न जान वर्षमा दुई पटक मात्रै डलर साट्न पाइने

    विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश जानको लागि चाहिने विदेशी मुद्रामा समेत कडाई गरेको छ । भारतबाहेकका विदेशी राष्ट्रमा पर्यटक भिसामा घुम्न जानको लागि राहदानीबापत सटही सुविधा दिने गरेको थियो। 

    सो सटही सुविधा हरेकपटक १५ सय डलर दिने गरिएकोमा अब नयाँ निर्देशन जारी गर्दै वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा दिने भएको छ ।

    नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै अब बर्षमा १५ सय डलरका दरले बढिमा दुई पटक मात्र सटही सुविधा उपलब्ध गराउन सर्कुलर जारी गरेको हो । 

    यसअघि बर्षमा जति पटक भिसा लाग्यो, प्रत्येक पटक १५ सय डलरको सटही सुविधा पाइन्थ्यो। राष्ट्र बैंकले बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो ।

    कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा समेत गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । 

     

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij