Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने : मुख्यमन्त्री पोखरेल

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने : मुख्यमन्त्री पोखरेल


  • 3.0K
    Shares

    ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने : मुख्यमन्त्री पोखरेल
    images

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

     गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताए। 

    बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रहेको र गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यो पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको भनिएको छ ।

     गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन रहेको र यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको उल्लेख गर्दै सन्देशमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको जनाइएको छ । यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij