Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार


  • 3.3K
    Shares

    सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार
    images

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिए ।

    चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शकसहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको अधिकारीले जानकारी दिए ।

    एडीबीको विशेषज्ञ नेपाली टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । त्यहाँ बस्दै आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उनीहरुले बताएका छन् ।

    गत असार १ गते आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा धनजनको व्यापक क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको छ । त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडिबीको टोली एक साताअघि त्यता गएको थियो ।

    एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता पनि हो । त्यसैले खानेपानी मन्त्रालयको समन्वयमा एडिबीको टोली हेलम्बु क्षेत्रमा पुगेको थियो।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १०:४७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij