Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कुन कम्पनीले कति? (सूचीसहित)

९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कुन कम्पनीले कति? (सूचीसहित)


  • 7.3K
    Shares

    ९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कुन कम्पनीले कति? (सूचीसहित)

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नौ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ ।

    ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ ।

    यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    कोभिड १९ बाट प्रभावित उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनर्कर्जाको व्याजदर साधारणको ५ प्रतिशत र विशेषको ३ प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १६:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij