Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोना संक्रमण बढ्न थालेपछि बेलायतमा फेरि लकडाउनको घोषणा

कोरोना संक्रमण बढ्न थालेपछि बेलायतमा फेरि लकडाउनको घोषणा


  • 7.7K
    Shares

    कोरोना संक्रमण बढ्न थालेपछि बेलायतमा फेरि लकडाउनको घोषणा

    काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै बेलायतमा लकडाउनको घोषणा गर्नुभएको हो ।

    लकडाउन घोषणासँगै मानिसहरुलाई घरभित्रै बस्न आग्रह समेत गर्नुभएको छ । लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यसम्म हुने बताइएको छ । दैनिक अभ्यास, अस्पताल, घरेलु हिंसालगायत अतिआवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने बताइएको छ ।

    बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको संक्रमण देखा पर्न थालिसकेको छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १०:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij