Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली


  • 6.4K
    Shares

    नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

    नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।

    निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ ।

    राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही नगरिने भएको छ ।

    निर्वाचन प्रयोगनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको समय दिँदैछ । विवाद नटुगिँदा नेकपालाई निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रक्रियामै झमेला हुने थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ०८:१०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij