Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेप्सेमा एकल अंकको गिरावट, तीन अर्बको कारोबार

नेप्सेमा एकल अंकको गिरावट, तीन अर्बको कारोबार


  • 4.6K
    Shares

    नेप्सेमा एकल अंकको गिरावट, तीन अर्बको कारोबार
    images

    मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । गत सोमबार अधिकतम् ६९ अंकले घटेको बजारमा मंगलबार थप २.६६ अंकको गिरावट आएको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २.६६ अंकले घट्दै २५ सय १८.९९ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ०.९१ अंकले घट्दै ४७०.९८ विन्दुमा झरेको छ ।

    यसदिन बैंकिङ्ग समूह अन्तर्गतको उपसूचक ०.५१ प्रतिशतले घटेको छ भने, होटल तथा पर्यटन समूहको उपसूचक ०.३६ प्रतिशतले, जीवन बीमा समूह ०.२७ प्रतिशतले, निर्जीवन बीमा ०.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशतले र म्युचुअल फण्ड ०.४६ प्रतिशतले घटेका छन् । 

    तर आज बढ्ने समूहहरुमा ट्रेडिङ्ग समूह ०.६४ प्रतिशतले, विकास बैंक ०.११ प्रतिशतले, हाइड्रोपावर ०.९१ प्रतिशतले, फाइनान्स ०.७२ प्रतिशतले र म्यानु एण्ड प्रो अधिकतम २.०७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

    यस दिन सबैभन्दा बढी मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले अधिकतम् १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले ९.९९ प्रतिशतले गुमाएका छिन् । 

    २.६६ अंकले घटेको बजारमा आज ५८ करोड २८ लाख कित्ता भन्दा बढी सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाखको कारोबार भएको छ । 

    गत सोमबार झण्डै ७० अंकले घटेको बजारमा पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको थियो ।

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १५:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij