२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सनराइज बैंकले तीन शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर–१० हडिया, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर–८, जुटमिल चोक र कैलालीको भजनी नगरपालिका वडा नम्बर–४, खैलाडमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।
योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८३ पुगेको जनाइएको छ । बैंकले १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएमबाट पनि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij