२०८२ मंसिर ७ गते आइतवार
नेपालगञ्ज । बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले भारतबाट आइरहेका कैलाली लम्कीचुहाका २४ वर्षीय कर्ण बोगटीलाई लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरीले बोगटीको साथबाट फेनिरामाइल एभिल २ सय १५ वटा, नाइट्रोभेट १० वटा, ट्रामाडोल २ सय १० वटा बरामद गरेको छ। बोगटीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको छ।
यस्तै आइतबार राती बाँके कोहलपुरका राजकुमार थारुलाई एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।
थारुले मुखमा राखेर ब्राउनसुगर ल्याइरहेका थिए। लागुऔषध कारोबारीले नाक, मुख, कान, भित्रीबस्त्र, साइकल, रिक्साका विभिन्न ठाउँमा राखेर ब्राउनसुगर ल्याउने गरेको पाइन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij