२०८२ मंसिर ७ गते आइतवार
भारत । भारतमा जनवरी १ गतेदेखि केही नयाँ नियम लागू भएमा बैंकिङसँग सम्बन्धित कुरामा पनि धेरै परिवर्तन हुनेछन् । बैंकिङ कारोबारको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने भएकाले आगामी महिना देशका विभिन्न भागमा जम्मा १६ दिन बैंक बन्द हुने भएका छन ।
भारती केन्द्रीय बैंक रिजर्भ बैंकका अनुसार जनवरीमा साताको बिदा बाहेक ९ दिन बैंकहरु बन्द रहनेछन् । यी बिदाहरु मध्ये केहि देशैभरका बिदाहरु छन् । भने केहि बिदाहरु जनवरी र नयाँ बर्षको सुरुवात बिदाहरु संगै हुनेछन । नयाँ वर्षको पहिलो दुई दिन देशभरका बैंकहरु बन्द हुने भएका छन् ।
बैंकहरूमा राष्ट्रिय बिदा बाहेक, राज्य अनुसार क्षेत्रीय बिदाहरू पनि छन् । यसबाहेक हरेक आइतबार र दोस्रो र चौथो शनिबार पनि बैंकको काम बन्द रहने गरेको छ । वर्षको पहिलो मिति शनिबार हो, तर यो दिन नयाँ वर्षको छुट्टी हो ।
जनवरी १ देशभर नयाँ वर्षको बिदा, जनवरी २ आइतबार ४ जनवरी लुसोङको कारण सिक्किममा विदा, ८ जनवरी दोस्रो शनिबार, ९ जनवरी आइतबार विदा पर्ने छ । त्यस्तै, जनवरी ११ मिसनरी डे (मिजोरम), २१ जनवरी स्वामी विवेकानन्दको जन्मजयन्ती, जनवरी २४ मकर संक्रान्ति/पोंगल, १५ जनवरी उत्तरायण, माघे संक्रान्ति, संक्रान्ति पोंगल, तिरुवल्लुर दिवस (पुडुचेरी, आन्ध्र प्रदेश र तमिलनाडुमा विदा हुने छ ।
त्यस्तै २६ जनवरी आइतबार, जनवरी १८ ताई पुसम (तमिलनाडु), जनवरी २२ चौथो शनिबार, २३ जनवरी आइतबार, २६ जनवरी गणतन्त्र दिवस, ३० जनवरी आइतबार र जनवरी ३१ः मे–दाम–मे–फी (असम)मा विदा पर्ने छ । एजेन्सी ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij