Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा थपिए ४०३ जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ४०३ जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु


  • 6.2K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ४०३  जना कोरोना संक्रमित,  थप ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ । 

    गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।  

    सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १६:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij