२०८२ मंसिर १३ गते शनिवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायाेजन भएकाे हाे ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६३ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य २ सय ८४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंककाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हाेटल हार्दिक, बागबजार, काठमाडाैँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २ रूपैयाँ ३८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य एक हजार ८ सय ९३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २०.०३ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ७२ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य एक हजार ५ सय २७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij