Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नबिल बैंक र खल्तीबीच सहकार्य, मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने

नबिल बैंक र खल्तीबीच सहकार्य, मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने


  • 4.8K
    Shares

    नबिल बैंक र खल्तीबीच सहकार्य, मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने
    images

    काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ का प्रयोगकर्ताले अब नबिल बैंकको मोबाइल बैंकिङ एपबाट वालेटमा रकम राख्न (लोड गर्न) सक्ने भएका छन् ।

    हालै यी दुई संस्थाबीच भएको सम्झौता अनुसार नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सकिने भएको हो ।

    ‘यो साझेदारीले समस्त बैंक तथा वालेटका ग्राहकलाई सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने विश्वास लिएका छौं,’ खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ।

    त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

    २० लाखभन्दा बढी प्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीबाट मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान गर्न सकिन्छ ।

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - ११:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij