Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

"कालो बेलुन" उडाएर गृहजिल्लामा गृहमन्त्रीको विरोध

"कालो बेलुन" उडाएर गृहजिल्लामा गृहमन्त्रीको विरोध


  • 7.0K
    Shares

    "कालो बेलुन" उडाएर गृहजिल्लामा गृहमन्त्रीको विरोध

    चितवन । चितवनमा नेकपा प्रचण्ड- नेपाल समूह र केपी शर्मा ओली समूहको छुट्टाछुट्टै भेला आयोजना भइरहेको छ।गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध गृहजिल्ला चितवनमा कालो बेलुन उडाइएका छन्।  ।

    प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो ।

    कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका छन् ।

    उनीहरुले ‘बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार’ लेखेको ब्यानर कालो बेलुनमा बाँधेर उडाएका थिए । पूर्वमाओवादी समूहबाट गृहमन्त्री बनेका बादल ओली समूहमा लागेका छन् ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १५:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij